२९ जेठ २०८३, शुक्रबार
नतिजा प्रकाशित

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ दशमलव  ९१ प्रतिशत उत्तीर्ण

साउन १८, २०८१
काठमाडौं
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ दशमलव  ९१ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् ।

परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

null

null

salt training

कमेन्ट गर्नुहोस्