०९ साउन २०८३, शनिबार

प्युठानमा एकै परिवारका ३ जनालाई हैजा सङ्क्रमण

साउन १८, २०८१
प्युठान
प्युठानमा एकै परिवारका ३ जनालाई हैजा सङ्क्रमण

प्युठानका तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । 

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।

तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

'जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो,' उनले भने ।

गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो ।

उनीहरूको हाल जिल्ला अस्पतालमा  उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्