२९ जेठ २०८३, शुक्रबार

४५ वर्षमा पनि किन अविवाहित ? एउटै प्रश्नले हैरान भएर ४५ वर्षीय पुरुषले गरे छिमेकीको हत्या !

साउन २१, २०८१
काठमाडौं
४५ वर्षमा पनि किन अविवाहित ? एउटै प्रश्नले हैरान भएर ४५ वर्षीय पुरुषले गरे छिमेकीको हत्या !
प्रतिकात्मक तस्वीर

समाजमा आम युवा/युवतीलाई सोधिने केही समान प्रश्न छन्, जसको जवाफ दिँदादिँदै उनीहरू थाकिसकेका हुन्छन् । 

जस्तै, तपाईं कति कमाउनुहुन्छ? तपाईं कति वर्षको हुनुभयो ? तपाई कहिले बिहे गर्दै हुनुहुन्छ ? तर, बारम्बार सोधिने यस्तै प्रश्न हत्याको कारण बनेको कहिल्यै सुन्नु भएको छ ?

एउटा यस्तै घटना भएको छ । घटना इन्डोनेसियाको हो । फ्री प्रेस जर्नलको रिपोर्टका अनुसार इन्डोनेसियाको सुमात्राका एक ४५ वर्षीय व्यक्ति आफ्ना छिमेकीको प्रश्नले हैरान थिए । उनका छिमेकी सेवानिवृत्त निजामती कर्मचारी थिए । 

उनी बारम्बार ती पुरुषलाई विवाहबारे प्रश्न सोध्ने गर्थे । बिहे कहिले गर्दै हुनुहुन्छ ? ४५ वर्षको उमेरमा पनि किन अविवाहित ? यी प्रश्नको पिरले ती व्यक्तिले छिमेकीको हत्या गरेको समाचारमा उल्लेख छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार यो घटना जुलाई २९ मा भएको हो। वृद्धाकी श्रीमतीले यसबारे प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । 

आक्रमणकारीले घरको ढोका तोडेर आफ्नो श्रीमानको हत्या गरेको उनले बताएकी छन् । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले वृद्धको प्रश्नले आफूलाई समस्या भएको प्रहरीलाई बयान दिएका छन् । यी प्रश्नबाट हैरान भएर उनले यो कदम चालेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्