
नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्स प्रालि र एनआईएमबी बैंकबीच साझेदारी भएको छ । इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्नको लागि साझेदारी भएको जनाइएको छ ।
साझेदारीले नेपाली ग्राहकहरूलाई एमजी मोटर्सका इलेक्ट्रिक गाडीहरूलाई ८० प्रतिशतसम्मको वित्तीय सुविधा उपलब्ध गराउने छ ।
साझेदारीअनुसार एमजी इलेक्ट्रिक गाडीहरू एमजी जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभीमा वित्तीय सुविधा लागू हुनेछ ।
खरिद गर्न इच्छुक ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट सरल वित्तीय विकल्पहरू प्राप्त गर्न सक्नेछन् ।
बैंकले प्रतिस्पर्धी ब्याज दर र अनुकूलनशील सर्तहरूसँग इलेक्ट्रिक गाडीहरूको लागि ८० प्रतिशतसम्मको वित्तीय सहायता प्रदान गर्नेछ ।