
सन्तान प्राप्तिको सपना बोकेका धेरै जोडीहरूका लागि आईभीएफ (इन-भिट्रो फर्टिलाइजेसन) उपचार एक महत्वपूर्ण समाधान हो ।
नेपालमा आईभीएफ उपचारलाई नयाँ उचाइमा पुर्याउँदै आएको प्रमुख केन्द्र वात्सल्य नेचुरल आईभीएफले अत्याधुनिक प्रविधि प्रयोग गरेर निसन्तान दम्पतीका लागि गर्भाधारण प्रक्रियालाई सहज बनाएको छ ।
आफ्नो अत्याधुनिक प्रविधि र विज्ञानमा आधारित विधिहरू मार्फत सन्तान प्राप्तिको प्रक्रिया सफल र सुरक्षित बनाउन मद्दत पुर्याएको क्लिनिकको दाबी छ ।
के हुन् त वात्सल्य नेचुरल आईभीएफले प्रयोग गर्ने प्रविधि र तिनको प्रभावकारीता ?
अत्याधुनिक टाइम-ल्याप्स इम्ब्रियो कल्चर प्रणाली
वात्सल्य नेचुरल आईभीएफमा प्रयोग हुने टाइम-ल्याप्स इम्ब्रियो कल्चर प्रणाली एक अत्याधुनिक प्रविधि हो जसले भ्रूण विकासको प्रत्येक चरणलाई उच्च रिजोल्युसनमा निरन्तर अनुगमन गर्न सक्षम बनाउँछ ।
यो प्रविधिले भ्रूणको गुणस्तरको बारेमा विस्तृत जानकारी प्रदान गर्छ, जसले गर्दा विशेषज्ञहरूले सबैभन्दा उपयुक्त भ्रूणको छनोट गर्न सक्छन् ।
यसले सफलता दरमा सुधार ल्याउने र असफलताको सम्भावना घटाउने काम गर्दछ । टाइम-ल्याप्स प्रविधिले भ्रूणलाई बारम्बार बाहिर निकाल्नुपर्ने झन्झटबाट पनि मुक्ति दिन्छ, जसले भ्रूणलाई प्राकृतिक परिवेशमा बढ्न सहयोग पुर्याउँछ ।
प्री-इम्प्लान्टेशन जेनेटिक स्क्रिनिङ (पीजीएस)
गर्भधारणमा सफलता प्राप्त गर्न स्वस्थ भ्रूणको चयन महत्त्वपूर्ण हुन्छ । वात्सल्य नेचुरल आईभीएफले यसलाई सुनिश्चित गर्न प्री-इम्प्लान्टेशन जेनेटिक स्क्रिनिङ (पीजीएस) प्रविधिको प्रयोग गर्छ ।
पीजीएसले भ्रूणमा रहेका जेनेटिक असमानता र गुणस्तरको समस्या पहिचान गर्न मद्दत गर्छ । यस प्रविधिको प्रयोगले गुणस्तरीय भ्रूणलाई छनोट गरेर गर्भधारणको सम्भावना बढाउँछ र गर्भपातको जोखिमलाई न्यूनिकरण गर्छ ।
इन्ट्रासाइटोप्लास्मिक स्पर्म इन्जेक्शन (आईसीएसआई)
वात्सल्य नेचुरल आईभीएफमा पुरुषको प्रजनन समस्यालाई समाधान गर्न इन्ट्रासाइटोप्लास्मिक स्पर्म इन्जेक्शन (आईसीएसआई) प्रविधिको प्रयोग गरिन्छ ।
यस प्रविधिमा एक मात्र स्वस्थ शुक्राणुलाई सिधै डिम्बमा प्रविष्ट गरिन्छ, जसले निषेचनको सम्भावना उच्च बनाउँछ ।
आईसीएसआई प्रविधि विशेषगरी शुक्राणु गणना कम भएका वा कमजोर गतिशीलता भएका पुरुषहरूको लागि प्रभावकारी सिद्ध भएको वात्सल्यको दाबी छ ।
भ्रूण र शुक्रकीटको फ्रिजिङ प्रविधि
वात्सल्यले भ्रूण र शुक्रकीटको फ्रिजिङ प्रविधिको प्रयोग गरेर भविष्यमा सन्तान प्राप्तिको सम्भावना सुरक्षित गर्न मद्दत पुर्याउँछ ।
यस प्रविधिले गर्भधारणको कुनै पनि चरणमा स्वस्थ भ्रूणको संरक्षण गर्न सकिन्छ, जसलाई पछि उपयोग गर्न सकिन्छ । भ्रूणको फ्रिजिङ प्रविधिले आईभीएफ प्रक्रियालाई लचिलो र सरल बनाउँछ ।
एआई-सहायता प्रविधि
वात्सल्य नेचुरल आईभीएफले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको प्रयोग गर्दै भ्रूणको विकासलाई विश्लेषण र अनुगमन गर्दछ ।
एआईले ठूलो मात्रामा डाटाको विश्लेषण गरेर विशेषज्ञहरूलाई सटीक निर्णय लिन मद्दत पुर्याउँछ । यो प्रविधिको प्रयोगले गर्भधारणको सफलता दरलाई थप सुधार गर्न मद्दत गरिरहेको वात्सल्यका चिकित्सकहरूको दाबी छ ।
समग्रमा वात्सल्यले अत्याधुनिक प्रविधिको प्रयोगबाट सन्तान प्राप्तिको यात्रालाई सरल, सुरक्षित, र सफल बनाउन एक नयाँ आयाम थपेको छ ।
यी प्रविधिहरूको प्रभावकारी प्रयोगले क्लिनिकलाई आईभीएफको क्षेत्रमा नेपालमा एक अग्रणी स्थानमा पुर्याएको छ । सन्तान प्राप्तिको सपना देखेका जो कोहीलाई पनि वात्सल्यले दुखी नतुल्याउने क्लिनिकको भनाइ छ ।
पछिल्लो ८ वर्षमा करिब ३५ सय जोडीलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।