०३ असार २०८३, बुधबार
स्वास्थ्य संकट

मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

साउन ३१, २०८१
काठमाडौं
मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले मंकीपक्स (एमपक्स)लाई विश्वव्यापी स्वास्थ्य आपत्का‌ल घोषणा गरेको छ । अफ्रिकाका केही भागमा 'एमपक्स' फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो । 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई 'धेरै चिन्ताजनक' अवस्था भनेका छन् । 'यो प्रकोप रोक्न र जीवन बचाउन अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ', उनले भने।

अत्यधिक संक्रामक मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । अहिले मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले जनाएको छ । 

यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।एमपक्स यौन सम्पर्क, छाला र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ । यसमा फ्लूजस्ता लक्षणहरू देखिन्छन् । 

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो ।

यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्