२९ जेठ २०८३, शुक्रबार

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून

साउन ३१, २०८१
सर्लाही
सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून

सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् । 

शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले गुनासो गरे । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम छ ।  
    
जिल्लामा चार सय ४७ वटा सामुदायिक, एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिए। शिक्षा समन्वयको तथ्याङ्कअनुसार प्राथमिकदेखि उच्च माध्यामिक तहसम्म एक हजार सात सय १० वटा स्वीकृत शिक्षकको दरबन्दी र छ सय ९३ वटा अनुदान राहत शिक्षक गरी कूल दुई हजार तीन सय ८८ वटा मात्र दरबन्दी कायम छ । 

विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताए । 

    शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित भएको हरिपुर्वा नगरपालिकास्थित केशवर गरिब जनता माध्यमिक विद्यालयका छात्र राम विश्वास रायले गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्