०२ असार २०८३, मंगलबार

एक्कासि भेलबाढी पस्दा थामे गाउँमा क्षति

भदौ १, २०८१
काठमाडौं
एक्कासि भेलबाढी पस्दा थामे गाउँमा क्षति

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ। बाढीले घर, होटल र विद्यालयसमेत बगाएको छ। गाउँमा बाढीले १६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । 

उनका अनुसार सात वटा घर बाढीको उच्च जोखिममा परेका छन्। सात वटामध्ये पाँच वटा होटल बगाएको छ। ताल फुटेर बाढी गाउँ पसेको अनुमान गरिएको उनले बताइन्। खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उनले बताइन् । 

वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार थामे गाउँमा ४५ घरधुरी थिए। उनका अनुसार बचेका घरहरूसमेत बाढीका बिचमा रहेकाले स्थानीय घर फर्कन सकेका छैनन्। उद्धार गर्न प्रहरी टोली पुगेको छ तर राहतको टोली नपुग्दा गाउँलेहरू राति पनि खुला ठाउँमा बस्न बाध्य छन्। 

बाढीले स्थानीय विद्युत्गृहमा क्षति पुर्याएकाले गाउँमा बिजुली छैन। खानेपानीको मुहान र पाइपमा पनि क्षति पुगेकाले अप्ठ्यारो परेको छ। त्यस्तै सञ्चार सम्बन्ध पनि अपराह्नपछि अवरुद्ध बनेको छ। 

गाउँमाथिको हिमताल फुटेर त्यसरी अचानक भेलबाढी आएको अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्