०३ असार २०८३, बुधबार

उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने, सुनचाँदीबाट बनेको पदक नपाउने

भदौ २, २०८१
काठमाडौं
उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने, सुनचाँदीबाट बनेको पदक नपाउने

 राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्