२४ जेठ २०८३, आइतबार
नीतिगत सहजताको खोजी

जीवन बिमा क्षेत्रका नीतिगत कठिनाइले ९० प्रतिशत प्रभाव नागरिकलाई पारेको छ– पराजुली

भदौ ४, २०८१
काठमाडौं
जीवन बिमा क्षेत्रका नीतिगत कठिनाइले ९० प्रतिशत प्रभाव नागरिकलाई पारेको छ– पराजुली

आर्थिक वर्ष २०८०/८१ मा नेपाल लाइफ इन्स्योरेन्स ५१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भयो । 

आर्थिक वर्ष २०७९/८० मा नेपाल लाइफले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा नाफामा ३० प्रतिशतको वृद्धि देखिएको छ । 

देशका अन्य क्षेत्रको अवस्था हेर्दा निकै कठिन र जोखिमपूर्ण भएपनि जीवन बिमा कम्पनीहरूले राम्रो व्यवसाय गर्दै आइरहेका छन् ।

सामाजिक सुरक्षाको दृष्टिकोणबाट अर्थतन्त्रको खम्बाका रूपमा खडा रहेको जीवन बिमा क्षेत्रका अभ्यास र चुनौतीबारे नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीण रमण पराजुलीसँग लोकान्तरकर्मी अंकुश विष्टले गरेको कुराकानी पराजुलीकै शब्दमा छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा 

गत आर्थिक वर्ष २०८०/८१ लाई हेर्दा दुवै पक्षबाट हेर्नुपर्छ । समग्र बजारमा बिमा शुल्कको हिसाबले अघिल्लो वर्षभन्दा १० प्रतिशतले वृद्धि भयो भने करिब ३४/३५ अर्बको बजार बन्यो । त्यसमा पनि करिब ६ अर्बको वैदेशिक रोजगार र म्यादी जीवन बिमा रहेको देखिन्छ । 

नेपालको जीवन बिमाको कुल बजारमा हामीले करिब साढे ७ अर्बको व्यापार गर्‍यौं भने वैदेशिक रोजगार तथा म्यादी जीवन बिमामा करिब ६५ करोडको व्यापार भयो । दुवै पक्षमा हेर्दा नेपाल लाइफ इन्स्योरेन्सले समग्रमा करिब २० प्रतिशतले व्यापार बढाएको छ । 

हाम्रो ग्रोथले के दर्साउँछ भने बजारमा एक खालको सकारात्मकता बढेको छ । हामीले पनि त्यस सकारात्मकतालाई सम्बोधन गर्न सक्यौं । यसका साथै हामीले हाम्रो बजार हिस्सालाई करिब २४ प्रतिशतको हाराहारी ओगट्न सफल भयौं । समग्रमा हाम्रो कूल बिमा शुल्कका हिसाबले बजारको करिब २६ प्रतिशत शेयर प्रिमियम ओगट्न सफल भएका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धिका रूपमा रहेको छ । 

null

बिमा क्षेत्रमा देखिएका मुख्य चुनौती

गत आर्थिक वर्षको शुरूआति ६ महिनासम्म समग्र बिमा क्षेत्रको अवस्थामा ख्यासै ग्रोथ भइरहेको थिएन । केही हदसम्म माइनसमा पनि व्यवसाय गइरहेको देख्यौं, जहाँ बिस्तारै मार्केटले लय समात्यो ।  

अर्को भनेको बिमा सरेन्डरमा पनि व्यवसायीहरूलाई चुनौती नै भएको देख्यौं । ग्राहकहरूले आफ्नो व्यक्तिगत कारणले पोलिसी सरेन्डर गर्ने क्रममा पनि खासै सुधार हुन सकेको छैन ।

बिमा सरेन्डरको सकस कायम नै रहेको देखिन्छ । ठूलो चुनौतीको रूपमा हिजोको दिनदेखि बिमा सरेन्डर पनि कायम नै रहेको छ । बिमा सरेन्डरमा केही कमी भएको छ । तर, संस्थागतरूपमा जति कम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । 

बिमा क्षेत्रमा देखिएका नीतिगत समस्या

नीतिगततर्फ जाँदा सबैभन्दा ठूलो चुनौतीको विषय भनेको बिमा कम्पनीहरूलाई लगाइएको कर्पोरेट ट्याक्स हो । अर्थात्, हामीले आर्जन गर्ने बिमा शुल्क लगानी गर्छौं । त्यसको प्रतिफल ९० प्रतिशत पोसिलीहरूमा जान्छ भने १० प्रतिशत जति शेयर धनीलाई जान्छ । यहाँ यो फन्डलाई आयको रूपमा गणना गर्न दियो । 

तर, त्यो लगानी आम्दानी गरेर आइसक्दा, पोसिली होल्डरलाई जाने भनेको पोलिसिको मच्युरिटी, कुनै क्लेम पर्दा क्लेममा जाने बोनस, मच्युरिटीमा जाँदा सेभिङ प्लानको खण्डमा त्योसँग आउने बोनस हुन्छ । यो बोनसलाई खर्चको रूपमा गणना गर्न दिएको छैन । 

बिमा शुल्कलाई लगानी गर्दा आम्दानीको रूपमा गणना भएको छ । तर, जुन पोसिली होल्डरलाई खर्चबाटै गइसकेको हुन्छ, त्यसलाई खर्चको रूपमा गणना गर्न दिइएको छैन । यसले नीतिगत चुनौती थपेको छ । आम्दानी एक किसिमको छ, तर खर्चको हिसाबले हेर्दा त्यो व्यापार बढ्दैन । 

हामीले विगतका वर्षलाई हेर्दा २ अर्ब ५५ करोडको हाराहारीमा संस्थाले राजस्व तिरेको छ । राज्यलाई हामीले भ्याटदेखि लिएर सबै हेर्‍यौं भने ३ अर्बको हाराहारीमा राज्यलाई कर तिरेका छौं । 

यसले के देखाउँछ भने ट्याक्सेबल अमाउन्ट अर्थात् बुझाउनुपर्ने कर योग्य रकम आउँछ, त्यो आम्दानी र खर्चलाई घटाएपछि आउने रकम हो ।

त्यो खर्चमा बोनसको प्रतिशतलाई घटाउन नदिँदा जति पोलिसीहरू परिपक्व हुँदै गए, पे आउट हुँदै गए, त्यति नै बोनसको भार ठूलो हुँदै जान्छ । 

null

नीतिगतरूपमा हेर्दा गत वर्ष २५ प्रतिशत हुनुपर्ने कर करिब ५३ प्रतिशत पुगेको छ । वार्षिकरूपमा हेर्दा अहिले त्यसबीचको खाडल झन्डै ७० करोड रुपैयाँको देखिन्छ । आम्दानी त्यो हिसाबले बढेको छैन । 

आम्दानीको वृद्धि अनुसार खर्चलाई गणना गरिसकेपछि त्यो अनुसारको बराबर हिसाब हुनुपर्ने हो । आम्दानी निश्चित प्रतिशतमा छ भने करको गणना मात्रै वृद्धि भइरहेको देखिन्छ । यो नीतिगतरूपमा यस क्षेत्रमा सुधार गर्नुपर्ने चुनौतीको रूपमा देखिएको छ । 

हाम्रो लगानी बैंकको मुद्दती निक्षेपमा जाने गर्छ । हामीले निक्षेप संकलन हरेक व्यक्तिबाट गर्ने गर्दछौं । यस क्षेत्रले प्रत्यक्ष जनतासँग जोडिएर अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरिरहेको छ । 

अर्को भनेको व्यक्तिले पाउने मुद्दती निक्षेपको दर र हामीले पाउने मुद्दती निक्षेपको दरमा पनि फरकपन छ । हामीले अरूभन्दा १ प्रतिशत कम ब्याज पाउँछौं । यो खालको अन्तर पनि हुनुहुँदैन । व्यक्तिले गरेको लगानीमा बढी प्रतिफल पाइन्छ । हामी संस्थाको रूपमा रहेकाले हामीलाई क्याप लगाइएको छ । यसलाई सुधार गर्नुपर्ने देखिन्छ । 

यसका साथै जीवन बिमा गर्दा बुझाउने प्रिमियम हरेक वर्ष ४० हजारको बिमा शुल्क राज्यले कर योग्य रकम गणना गर्दा छुटको हिसाबले घटाउन दिन्छ । नेपालको छिमेकी भारतमा यो रकम तीन/चार गुणा बढी छ । एकातिर हामी सामाजिक सुरक्षाको कुरा गरिरहेका छौं । यसका साथै नेपालमा बिमाको पहुँचमा नभएको जनसंख्या पनि धेरै छ । त्यसैले यो करयोग्य रकममा घटाउन दिने बिमा शुल्कलाई नीतिगतरूपमा प्राधिकरणको माध्यमबाट न्यूनतम् १ लाख पुर्‍याउनुपर्छ भनेर हामीले भनिरहेका छौं । मानिसको सुरक्षाका दृष्टिकोणले जोखिम भार पनि बढी हुन्थ्यो । यसले भविष्यलाई सुरक्षित बनाउन सहयोग गर्थ्यो ।

नीतिगत समस्याहरूको भार जनतामाथि

सबैभन्दा पहिला नीतिगत व्यवस्थाका कारण जीवन बिमामाथि नै असर परिरहेको छ । जनताहरूबाट उठाइएको पैसा आम्दानी होइन, दायित्व हो । हामीले उठाएको पैसा लगानी गरेर आएको पैसा मात्रै आम्दानी हो । 

गत वर्ष २०७९/८० मा मात्रै हामीले २ अर्ब ५५ करोड राज्यलाई तिर्‍यौं । त्यहाँ हामीले तिरेको रकम २५ प्रतिशत मात्रै भएको भए, एक अर्बभन्दा बढी फन्ड संस्थाभित्र रहन्थ्यो । त्यसको ९० प्रतिशत लाभ पोसिली होल्डरलाई जान्थ्यो भने १० प्रतिशत शेयरधनीलाई । यसका साथै जीवन बिमामा फन्ड जति बढी भयो, त्यो त्यति नै बढी सुरक्षित आधार हो । त्यसैले ९० प्रतिशत असर पोसिली होल्डर्सहरूलाई पर्‍यो भने १० प्रतिशत शेयर धनीलाई प्रभाव पर्‍यो । 

सरकारलाई क्षणिक रूपमा कर कम उठे पनि यसले दीर्घकालीन रूपमा सबैलाई फाइदा नै गर्छ । भोलिका दिनमा असीमित दायित्वहरूलई पनि कम गर्दै जान्छ । सरकारले पनि क्षणिक सुधारलाई हेरेर दीर्घकालीन असरलाई बिर्सिनुभएन । अहिलेको समयमा नै सबै कुरा ठीक हुन्छ भन्ने होइन । सरकारले यहाँ समस्या छ भनेर हेर्नुपर्छ र देख्नुपर्छ ।​

हेर्नुहोस्, भिडिओ :

(कुराकानीमा आधारित)

salt training

कमेन्ट गर्नुहोस्