०२ असार २०८३, मंगलबार

डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब

भदौ ५, २०८१
काठमाडौं
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब

नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । 

एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् । 
गोरखापत्र दैनिकले काम पाए पनि तलब नभएको समाचार छापेको छ । 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालमा एमडी गरेका डाक्टर रोजगारीका लागि आउने गरेको बताए । उनले दरबन्दीबाहेकका कुनै पनि डाक्टरलाई राख्न नमिल्ने भन्दै काठमाडौँ उपत्यकामा एमडी गरेका सयौँ डाक्टर बेरोजगार रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्