०३ असार २०८३, बुधबार

खुल्यो म्यानपावर नवीकरणको बाटो

भदौ १०, २०८१
काठमाडौं
खुल्यो म्यानपावर नवीकरणको बाटो

 वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । सरकारले लगातार चार वर्षदेखि वैदेशिक रोजगार ऐनको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था प्रयोग गरी वार्षिक एक सय जना श्रमिक पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । 

सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र प्रकाशित गरिसकेको छ । एक सय श्रमिक पठाउन नसकेका २५० वटा म्यानपावरको नवीकरणको बाटो खुलेको हो । विगत चार वर्षदेखि विभिन्न कारण देखाउँदै एक सय श्रमिक विदेश पठाउन नसकेका म्यानपावर पनि नवीकरण भएका थिए । 

चालु आर्थिक वर्षमा अघिल्ला वर्षको  नजिर र नेपाल ऐनमा केही ऐन संशोधनमार्फत एक सय जनाको हद म्याद हटाउने व्यवस्थाका आधारमा नवीकरण गर्न चाहनेलाई पुनः सूचना गरिएको छ । वैदेशिक रोजगार विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले व्यवसायीको दबाबपछि सरकारले बाधा अड्काउ फुकाउ प्रयोग गरी यो पटक पनि सबै म्यानपावर कम्पनीलाई नवीकरण हुने व्यवस्था मिलाएको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्