०३ असार २०८३, बुधबार

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला

भदौ १२, २०८१
काठमाडौं
स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ ।  

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । 

उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ । 

उपत्यकाबाहिरका उद्यमीलाई अनलाइनबाट आवेदन दिन सहज होस् भनेर अनलाइनमार्फत आवेदन दिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । गत वर्ष उद्यमीले भौतिक रूपमा उपस्थित भएर आवेदन दिने व्यवस्था गरिएको थियो ।  यस पटक भौतिक रूपमा उपस्थित भएर र अनलाइनबाट आवेदन दिन व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरिएको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्