२२ असार २०८३, सोमबार

स्वास्थ्य बीमालाई एकीकृत गर्दै निःशुल्क स्वास्थ्य सेवाको पहुँच नागरिकमा पुर्‍याउँछौँ : मन्त्री पौडेल

भदौ १२, २०८१
काठमाडौं
स्वास्थ्य बीमालाई एकीकृत गर्दै निःशुल्क स्वास्थ्य सेवाको पहुँच नागरिकमा पुर्‍याउँछौँ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्न र विशिष्टिकृत सेवालाई सरलीकृत गर्न स्वास्थ्य बीमा एक मात्र उपाय भएको बताएका छन् । 

भक्तपुर क्यान्सर अस्पतालले आज आयोजना गरेको कार्यक्रममा रेडियोथेरापी, मोडुलर ओटी र दुई सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको शुभारम्भ गर्दै त्यस्तो धारणा राखेका हुन् । 

स्वास्थ्य बीमालाई मजबुत बनाउन सकेमा जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिने उल्लेख गर्दै उनले स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने बताए । 

यसका लागि स्रोत सुनिश्चित गर्न आवश्यक पहल भइरहेको बताउँदै मन्त्री पौडेलले भने, “अहिलेके अवस्थामा बीमा व्यवस्थित छैन, स्रोत सुनिश्चित नहुँदा समस्या छ, यसका लागि बीमा बोर्डमार्फत एकीकृत माध्यमबाट एकद्वार प्रणाली अँगाल्दै सेवालाई लैजानुपर्छ ।”

जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्था तत्पर रहनुपर्ने बताउँदै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्