०९ साउन २०८३, शनिबार

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, सबै जानकारी अब एकै ठाउँबाट उपलब्ध हुने

भदौ १४, २०८१
काठमाडौं
एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, सबै जानकारी अब एकै ठाउँबाट उपलब्ध हुने

एनआईसी एसिया बैंकले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्न अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

अनलाइन पोर्टलमार्फत् बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सबै किसिमका सूचनाबारे जानकारी प्राप्त हुनेछ । 

यसमा लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यानगरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन आवश्यक भए सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सक्ने छन् । 

बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा अब नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशित गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्