०९ असार २०८३, मंगलबार

शेयर बजारमा तीव्र गिरावट, २७ सयबाट पनि तल झर्‍यो नेप्से

भदौ १६, २०८१
काठमाडौं
शेयर बजारमा तीव्र गिरावट, २७ सयबाट पनि तल झर्‍यो नेप्से

शेयर बजारमा आइतबार पनि भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको छ ।

२०९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा  ३१ कम्पनीको मूल्य बढेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

तीव्र गिरावट आएको दिन पनि सुपरमाई हाइड्रो पावरको मूल्य १० प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर र माइखोला हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशत गुमाएका छन् ।

३ हजारमाथि पुगेको शेयर बजार निरन्तर घटेर २७ सयबाट पनि तल झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्