०७ साउन २०८३, बिहीबार

कपिलवस्तुको ठाकुरापुरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर

भदौ २६, २०८१
काठमाडौं
कपिलवस्तुको ठाकुरापुरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर

एनसेलले कपिलवस्तुको वाणगङ्गा नगरपालिका- ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।​ 

संस्थाको सामाजिक उत्तरदायित्त्वअन्तर्गत प्रदेशस्तरमा सञ्चालन भइरहेका कार्यक्रमअन्तर्गत गरिएको शिविरमा ३०० भन्दा बढी स्थानीयले स्वास्थ्य परामर्श तथा सेवा लिएका कम्पनीले जनाएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

बिहान १० बजेबाट शुरू भएको शिविरमा आएका सेवाग्राहीलाई परामर्श अनुसारको आवश्यक औषधिहरू पनि निःशुल्क प्रदान गरिएको थियो ।

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।

यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका- ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

null

'एनसेल एक जिम्मेवार कपोरेट संस्था हो र हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्ध रहेका छौं । यसै अनुरूप हामीले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका व्यक्तिहरूलाई ध्यानमा राख्दै विभिन्न सामाजिक विकासका कार्यहरू गर्दै आएका छौं । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍उने कुरामा हामी विश्वस्त छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखालक्ष्मी खड्काले भनिन् । 

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ ।

कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यान्वयन भइरहेका छन् ।

यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।

साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्म सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।

null

कमेन्ट गर्नुहोस्