२८ जेठ २०८३, बिहीबार

रजनीको 'साँच्चै भन त' सार्वजनिक [भिडिओ]

भदौ २७, २०८१
काठमाडौं
रजनीको 'साँच्चै भन त' सार्वजनिक [भिडिओ]

अभिनेत्री तथा मोडल रजनी गुरुङको 'साँच्चै भन त !' बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । 'मंगली' उपनामले समेत चिनिने रजनीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । 

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय छ । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो । 

रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। 'टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा' इत्यादि उनी अभिनित फिल्महरू हुन् ।

'कहाँको साइनो, सोल्टी बजार' आदि उनी अभिनित चर्चित गीतमा पर्छन् । 'मंगली' उपनाम भने उनले हास्य सिरियल 'मेरी बास्सै'बाट पाएकी हुन्। यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी छन् ।

आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन् । 'यो फरक शैलीको तर मौलिक गीत हो,' उनले भनिन्, 'दर्शकहरूले रूचाउने विश्वास छ।'

 

salt training

कमेन्ट गर्नुहोस्