०७ असार २०८३, आइतबार

राजनीतिक भागबन्डामा गरिने नियुक्तिले शिक्षाको गुणस्तर खस्कियो : गगन  थापा

भदौ २८, २०८१
बुटवल
राजनीतिक भागबन्डामा गरिने नियुक्तिले शिक्षाको गुणस्तर खस्कियो : गगन  थापा

नेपाली कांग्रेसका महामन्त्री गगन  थापाले विश्वविद्यालयहरूमा राजनैतिक भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाको बाधक रहेको बताएका छन् । 

रुपन्देहीको  शुद्धोधनमा सञ्चालित यज्ञोदय दूधनाथ थारू बहुमुखी क्याम्पसको २० औं  क्याम्पससभा, ७ औं अधिवेशनमा शुक्रबार बोल्दै थापाले यस्तो बताएका हुन् । ​

राजनैतिक दलको भागबन्डामा नियुक्ति भएर आउनेहरूले विश्वविद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनुपर्ने हो त्यो सम्भावना नदेखिएको उनले दाबी गरे ।

दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावनाअनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताए ।

उच्च शिक्षामा लगानी बृद्धि गरी पठनपाठन शैलीलाई सुधार गर्न जरुरी रहेको उनले बताए । पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि विदेशिने जमातलाई रोक्नुपर्ने उनको भनाइ छ ।

शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भन्ने विषयमा ध्यान दिन जरुरी रहेको उनले बताए । 

शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै उनले समुदायले शैक्षिक संस्थाले पुर्‍याएको योगदानको सरकारले उच्च सम्मान गर्नु पर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्