
नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक ५०.७३ अङ्कले घटेर २६३७.७९ को विन्दुमा पुगेको हो ।
आइतबार बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयरको खरिद बिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन गत बिहीबार मात्रै नेप्से ७८.३१ अङ्कले बढेर बन्द भएको थियो ।
आइतबार रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रवा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यि कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य मात्रै १० प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पुँजीकरण ४१ खर्ब ९४ अर्ब रुपैयाँ बढी रहेको छ ।