०३ असार २०८३, बुधबार

अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

असोज ६, २०८१
काठमाडौं
अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

 दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्