
विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा निजी मेडिकल कलेजले उपाधि दिएकै आधारमा भ्रष्टाचार भन्न नमिल्ने ठहर गरेको छ ।
योग्यता नै नपुगेको अवस्थामा नामको अगाडि प्राध्यापक लेखेको भनी अख्तियारले गिरीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्राध्यापकको उपाधि दिएको आरोप लागेका विराट मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमान कार्कीलाई पनि सफाइ दिएको छ ।
अख्तियारले क्षेत्राधिकार नभएको व्यक्तिलाई भ्रष्टाचार मुद्दा चलाएको भन्दै गिरीलाई भ्रष्टाचार आरोपबाट सफाइसमेत दिएको छ । राजधानी दैनिकमा खबर छ ।