१५ असार २०८३, सोमबार

निरन्तरको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से

असोज ६, २०८१
काठमाडौं
निरन्तरको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।

निरन्तरको गिरावटपछि आइतबार नेप्से परिसूचक ११.५८ अङ्कले बढेर २५८८.३५ को विन्दुमा अडिएको हो ।

आइतबार बजारमा १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । 

गत साता तीन दिन भएको कारोबारमा तीनै दिन शेयरमा गिरावट आएको थियो ।

आज इस्ट्रन हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्त वित्तीय संस्था र अपर स्यान्ज हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २७ करोड ८० लाख २७ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहको छ ।

salt training

कमेन्ट गर्नुहोस्