०३ असार २०८३, बुधबार

मृत घोषित व्यक्तिको शव उठाउन खोज्दा उनी आफैं उठेपछि...

असोज ८, २०८१
काठमाडौं
मृत घोषित व्यक्तिको शव उठाउन खोज्दा उनी आफैं उठेपछि...

भारतको बिहारस्थित एक अस्पतालबाट एउटा अनौठो घटना बाहिर आएको छ । अस्पतालमा एक व्यक्तिलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तर, मृत घोषित गरिएका व्यक्तिको शव उठाउन लाग्दा उनी आफैं उठेका हुन् । 

भारतीय सञ्चार माध्यम आजतकका अनुसार घटना बिहारको शरीफ सदर अस्पतालमा भएको हो । उनी अस्पतालको शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । ढोका फोडेर उनी बेहोस देखेपछि अस्पतालले जाँचै नगरी मृत घोषित गरिदिएको थियो । 

प्रहरीसमेतलाई बोलाएर मृत भनिएका व्यक्तिलाई पोस्टमार्टमका लागि लैजान सफाईकर्मीले उठान खोज्दा उनी आफैं उठेका हुन् । 

समाचारमा जनाइएअनुसार पोस्टमार्टम गर्न लैजाने कुरा सुनेपछि उनी उठेका थिए । युवकको नाम राकेश कुमार रहेको प्रहरीले जनाएको छ ।

उनी औषधि लिन सदर अस्पताल आएका थिए । उनी मादक अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

उनी मादक पदार्थ सेवन गरी शौचालयमा बेहोस भएका थिए । त्यसपछि युवकलाई हेर्न अस्पतालमा मानिसहरूको भीड लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्