![रिल्समा भाइरल हुन १० मिटर अग्लो साइनबोर्डमा चढेर पुलअप [भिडियो]](https://lktcdn2.prixacdn.net/media/reels_iC8i9YjYjM.webp)
पछिल्लो समय मानिसहरू सामाजिक सञ्जालमा भाइरल हुन अनेक गरिरहेका भेटिन्छन् । टिकटक र इन्स्टा/फेसबुकमा रीलहरू बनाउन मानिसहरू के गर्दैनन् ?
भाइरल हुन मानिसहरू आफ्नो ज्यान जोखिममा पार्न पनि पछि हट्दैनन् । यस्तै एउटा भिडियो भाइरल भएको छ । भारतको उत्तर प्रदेशस्थित अमेठीमा भाइरल हुन युवाले यस्तै खतरा मोलेका छन् ।
भिडियोमा एक युवक १० मिटर माथि साइनबोर्ड समातेर पुलअप गरिरहेको देखिन्छ।
इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार यो घटना उत्तर प्रदेशको अमेठी जिल्लाको हो। भाइरल भिडियोमा एक युवकले फलामको संरचना समातेर पुलअप गरिरहेको देख्न सकिन्छ । अर्का युवा साइनबोर्डको पछाडि बसेको देखिन्छ।
भिडियो सार्वजनिक भएपछि अमेठी प्रहरीले छानबिन गर्ने जनाएको छ ।
यसअघि जुलाईमा मुम्बईमा एक युवकको रेल स्टन्ट सामाजिक सञ्जालमा भाइरल भएको थियो । यहाँ युवकको स्टन्ट दुखद दुर्घटनामा परिणत भएको थियो । जसका कारण उनले आफ्नो एउटा हात र एउटा खुट्टा गुमाउनु परेको थियो ।
#अमेठी:अमेठी की सड़कों पर खतरों के खिलाड़ी,किलोमीटर के सांकेतिक बोर्ड पर पुशअप करता नजर आया युवक,जान हथेली पर डालकर सड़क से 10 मीटर ऊपर बोर्ड पर पुशअप कर रहा युवक,सचिन नाम के इंस्टाग्राम आईडी से वीडियो किया गया है पोस्ट @amethipolice @DmAmethi pic.twitter.com/Qq5kCkgcCl
— AMETHI LIVE (@AmethiliveCom) September 29, 2024