२५ असार २०८३, बिहीबार

सिद्धार्थ बैंकको दशैं अफर : दशैंको खुसियाली, डबल यसपालि, २ गुणा रिवार्डस प्वाइन्ट

असोज १८, २०८१
काठमाडौं
सिद्धार्थ बैंकको दशैं अफर : दशैंको खुसियाली, डबल यसपालि, २ गुणा रिवार्डस प्वाइन्ट

सिद्धार्थ बैंक लिमिटेडले 'दशैं २ एक्स रिवार्डस अफर' विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको 'दशैंको खुसियाली, डबल यसपालि' अफरअन्तर्गत ग्राहकले २०८१ असोज ११ देखि ३० गतेसम्म कार्ड वा मोबाइल बैंकिङमार्फत कारोबार गर्दा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रमअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (POS तथा E-commerce) र मोबाइल बैंकिङबाट गरेको ​टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

​यसरी आर्जन गरेको पोइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ । 

यो अफरमार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउने प्रयास गरिएको बैंकको दाबी छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ।

यस योजनामार्फत ग्राहकको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको छ।

अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, 'सिद्धार्थ केयर' मा सम्पर्क गर्न सकिनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै 'सिद्धार्थ रिवार्डस' नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्