१० साउन २०८३, आइतबार

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

असोज २०, २०८१
काठमाडौं
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

उनलाई  राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । 

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । 

उनको आजै शपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।​

विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका हुन्। 

null

salt training

कमेन्ट गर्नुहोस्