०१ असार २०८३, सोमबार

कपिल शर्माले छिट्टै गर्नेछन् बिहेको घोषणा, गिन्नी हुन् गर्लफ्रेन्ड

कात्तिक २०, २०७४
कपिल शर्माले छिट्टै गर्नेछन् बिहेको घोषणा, गिन्नी हुन् गर्लफ्रेन्ड

काठमाडौं, १९ कात्तिक — भारतीय कमेडियन कपिल शर्माले आफ्नो गर्लफ्रेन्ड गिन्नी चतरथसँग बिहे घोषणा गर्ने सम्भावना छ । एक वेबसाइटका अनुसार, गिन्नीका आमाबुवाले उनलाई कपिलसँगको सम्बन्धलाई आधिकारिक बनाउन दबाब दिएका छन् ।


कपिलकी आमा पनि छोरोले छिट्टै बिहे गरोस् भन्ने चाहन्छिन् ।

तर गिन्नी चाहिँ कपिलको सबै काम सकिएपछि बल्ल उनीसँग बिहे गर्ने बताइरहेकी छन् ।

कपिलले रक्सी पिउन छोडेपछि मात्र बिहे गर्ने शर्त पनि उनले तेर्स्याएको बुझिएको छ । त्यसैले कपिलले रक्सी छोडेको खबर पनि आएको छ ।

कपिलको नयाँ फिल्म फिरंगी छिट्टै सार्वजनिक हुने भएको छ । उनको शो द कपिल शर्मा शो पनि अहिले बन्द छ ।
कमिटमेन्टहरूमा मुक्त भएको अवसरमा कपिलले बिहे गर्न सक्ने अनुमान त्यसैले लगाइएको हो ।

सेप्टेम्बरमा कपिल र गिन्नीको ब्रेकअपको खबर मिडियामा आएपनि यो हल्ला मात्र भएको कपिलका एक निकटवर्ती मित्रले बताए ।

एजेन्सी


salt training

कमेन्ट गर्नुहोस्