१४ असार २०८३, आइतबार

एभरेष्ट बैंकको ३० औं साधारणसभा : १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

असोज २१, २०८१
काठमाडौं
एभरेष्ट बैंकको ३० औं साधारणसभा : १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ ।

यस सभाले शेयर धनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट नवीनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुन निर्विरोध निर्वाचित गरेको छ ।

आव २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाई लेखापरीक्षकमा पुन: नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्