१३ असार २०८३, शनिबार

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपको तर्फबाट १ करोड ७५ लाख, भट्टचनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरे चेक​

असोज २१, २०८१
काठमाडौं
दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपको तर्फबाट १ करोड ७५ लाख, भट्टचनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरे चेक​

प्रभु बैंक तथा प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ योगदान गरेको छ ।

प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सांसद देवीप्रसाद भट्टचनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रुपको तर्फबाट सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सांसद भट्टचनले १ करोड रुपैयाँको चेक सरकारलाई हस्तान्तरण गरे ।

संस्थापक अध्यक्ष भट्टचनले प्रभु ग्रुपको तर्फबाट समेत गरी कुल १ करोड ७५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् । 

null

रकम हस्तान्तरण समारोहमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन लगायत बैंकका उच्च अधिकारी सहभागी थिए ।

सांसद भट्टचनले प्रभु ग्रुपले विगतमा पनि विपद्को समयमा सहयोग गरेको र भविष्यमा पनि गर्ने बताए । 

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकोमा सबैमा धन्यवाद दिए ।

असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने क्रम जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्