०२ असार २०८३, मंगलबार

अस्ट्रेलियामा लाखौं डलरबराबरको ब्रोडब्यान्ड इन्टरनेट परेवाद्वारा ध्वस्त

कात्तिक २०, २०७४
अस्ट्रेलियामा लाखौं डलरबराबरको ब्रोडब्यान्ड इन्टरनेट परेवाद्वारा ध्वस्त

काठमाडौं, १९ कात्तिक — अस्ट्रेलियामा लाखौं डलरबराबरको ब्रोडब्यान्ड नेटवर्क परेवाहरूका कारण संकटमा परेको छ ।


नेसनल ब्रोडब्यान्ड नेटवर्क कम्पनीका अनुसार, परेवाहरूले ब्रोडब्यान्डका तारहरूलाई चपाएरै ध्वस्त पारिदिए । त्यसलाई मर्मत गर्नका लागि हजारौं डलर खर्च भइसकेको छ ।

अस्ट्रेलियामा ब्रोडब्यान्ड कनेक्सन त्यसै पनि स्लो भएको गुनासो आउने गर्छ । इन्टरनेट स्पीडमा अस्ट्रेलिया संसारको ५०औं स्थानमा पर्छ ।

त्यहाँ अहिले इन्टरनेट स्पीड ११.१ मेगाबाइट प्रतिसेकेन्ड छ । विकसित देशको तुलनामा यो निकै कम हो ।

अस्ट्रेलिया सरकारले यसलाई सुधार्ने प्रयास गरिरहेको छ र यसमा लागि नेसनल टेलिकम्युनिकेसन इन्फ्रास्ट्रक्चर प्रोजेक्ट पनि शुरु गरेको छ । यो सन् २०२१ मा पूरा हुनेछ ।

परेवाहरूको प्रजाति ककातूले इन्टरनेटका तार ठाउँठाउँबाट चबाएका थिए । तारमा उनीहरूले स्वाद पाएकाले वा तारको रंगले उनीहरूलाई आकर्षित गरेकाले चबाएको हुनसक्ने जनावर व्यवहार विशेषज्ञ गिसेला क्याप्लान बताउँछिन् ।

गिसेला थप्छिन्, ‘यी परेवाहरू आफ्नो चुच्चो तीखो बनाउनका लागि पनि केही कुरामा रगडिरहेका हुन्छन् । दुर्भाग्यवश उनीहरूले यसका लागि तार छाने ।’

कम्पनीका अनुसार, अब तारमा एक रक्षात्मक पत्र लगाइनेछ । एउटा तारमा पत्र लगाउन १४ अस्ट्रेलियन डलर लाग्छ । तीन अर्ब डलरको नेटवर्क बचाउनका लागि यति खर्च त गर्नैपर्ने कम्पनीको भनाइ छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्