काठमाडौं, १९ कात्तिक– एमाले उपाध्यक्ष वामदेव गौतमविरुद्ध बागी उम्मेदवारी दिएका खड्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।
भेरी अञ्चलका पूर्व सदस्य समेत रहेका खड्काले पार्टीले व्यवस्थापनको आश्वासन दिएपछि उम्मेदवारी फिर्ता लिएका हुन् । उनले मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट गौतमविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।