०१ असार २०८३, सोमबार

वाम गठवन्धनको चुनावी अभियान शुरु गर्दै ओलीले भने–‘प्रचण्ड आउनु र म आउनु एउटै हो’

कात्तिक २०, २०७४
वाम गठवन्धनको चुनावी अभियान शुरु गर्दै ओलीले भने–‘प्रचण्ड आउनु र म आउनु एउटै हो’
ताप्लेजुङ, १९ कात्तिक– वाम गठवन्धनले पूवी पहाडी जिल्ला ताप्लेजुङबाट चुनावी अभियान शुरु गरेको छ ।
वामपन्थी गठवन्धनका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी अभियान ताप्लेजुङबाट गर्ने भनिएको भएपनि अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित भए ।

केपी ओली र प्रचण्डले संयुक्त रुपमा अभियानको शुरुवात गर्ने भनिएको भएपनि चितवनमा व्यस्त भएपछि प्रचण्ड ताप्लेजुङमा उपस्थित भएनन् ।

‘कुनै कार्यक्रममा प्रचण्डजी आउनु हुन्न कुनैमा म जान्न’ अभियानलाई शुरु गर्दै ओलीले भने,‘केपी ओली आएपनि प्रचण्ड आएपनि उस्तै हो भन्ठान्नुस् ।’

ताप्लेजुङमा जाम गठवन्धनबाट योगेश भट्टराई उम्मेदवार रहेका छन् ।

ताप्लेजुङको सदरमुकामस्थित तक्मेबजारमा आयोजित चुनावी अभियानलाई शुरु गर्दै एमाले अध्यक्ष ओलीले दुवै पार्टीका कार्यकर्तालाई चुनावअघि असन्तुष्टि बाँकी राख्न र गठवन्धनलाई विजयी गराउन आग्रह गरे ।
हामी एउटै अभियानमा छौं, चुनावसम्म फरक पार्टी भन्ने विर्सिनुहोस्’ ओलीले भने ‘चुनावपछि एउटै पार्टी बनाउँछौं ।’

ओलीले अबको सरकार वामपन्थी हुने भन्दै वामपन्थीहरुको जीतलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्