
काठमाडौं, १९ कार्तिक – लोक गायक बाबुराम पन्थी, लेखनाथ आचार्य र दिलसरा काउछा थापाको स्वरमा रहेको नयाँ लोक गीत ‘मापसे’ सार्वजनिक भएको छ ।
मादक पदार्थ सेवन गर्दा दुर्घटना हुन्छ भन्ने सन्देश दिने खोजेको गीतलाई हास्य रुपमा प्रस्तुत गरिएको छ । गीतमा कुशल बेलाबासेको शब्द र संगीत रहेको छ भने कमल गाउँले, सुशीला निरौला, उमेश बानियाँ, प्रचण्ड राई लगायतका कलाकारले भिडियोमा अभिनय गरेका छन् ।
शंकर बिसीले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् ।