
भारतको झारखण्डस्थित दुम्कामा श्रीमानसँग सामान्य झगडा हुँदा एक महिलाले आत्महत्या गरेकी छन् ।
दशैंको दिन पतिले नयाँ साडी नकिन्दिएको भन्दै २६ वर्षीया युवतीले आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पीटीआईको रिपोर्टअनुसार घटना दुम्का जिल्लाको बागझोपा गाउँमा भएको हो। मृतक महिलाको पहिचान सेन्दो देवी रहेको छ । उनका श्रीमान् ट्रयाक्टर चालक हुन् । उनका दुई सन्तान पनि छन् ।
समाचारमा जनाइएअनुसार महिलाले दशैंका लागि नयाँ साडी मागेकी थिइन्, तर उनका पतिले सारी किन्न सकेनन् । यही समस्याका कारण महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।