०६ असार २०८३, शनिबार

यी हुन् किम जोङ–उनकी पूर्वप्रेमिका, यसकारण मन पराएका थिए

कात्तिक २०, २०७४
यी हुन् किम जोङ–उनकी पूर्वप्रेमिका, यसकारण मन पराएका थिए

अमेरिकासँग लगातार तनाव बढ्दै जाँदा शनिवार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो पार्टीमा परिवर्तन गरेका छन् ।

परिवर्तनका क्रममा किमले आफ्ना निकटस्थहरूका साथसाथै आफ्नी पूर्वप्रेमिका ह्योन सोङ–वोललाई पनि केन्द्रीय समितिमा बढुवा गरेका छन् ।

उत्तर कोरियामा युवतीहरूको सांगीतिक समूह मोरानबोङ चलाउने ह्योन कुनै बेलामा किमकी स्वकीय सचिव थिइन् । उनले किमसँग डेटिङ गरेकी थिइन् ।

किमले ह्योनलाई पहिलोचोटि मोरानबोङ ब्यान्डको लीड सिंगरका रूपमा गीत गाउँदै गर्दा भेटेका थिए ।

यो ब्यान्डले गीत गाएर उत्तर कोरियाका लागि प्रोपागान्डा गर्छ ।

सन् २०१२ को डिसेम्बरमा चीनको एक सांगीतिक कार्यक्रममा गाउन अस्वीकार गरेर ह्योन चर्चामा आएकी थिइन् ।

चीनका अधिकारीहरूले स्टेजको पृष्ठभूमिमा उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारको तस्वीर देखाउन अस्वीकार गरेपछि ह्योन ब्यान्डसहित आफ्नो देश फर्केकी थिइन् ।

अगस्ट २०१३ मा ह्योनको मृत्यु भएको हल्ला चलेको थियो । केही समाचारहरूमा ह्योनले सेक्स टेप बनाएकाले किमले फाइरिङ स्क्वाडबाट ह्योनको हत्या गराएको उल्लेख थियो ।

तर त्यसको एक वर्षपछि ह्योन नेसनल टेलिभिजनमा लाइभ आएपछि यी अनुमानहरूमा ब्रेक लागेको थियो ।

ह्योनले पार्टीमा ठूलो पद पाएपछि उनकी बहिनीलाई पनि केन्द्रीय समितिमा ठाउँ दिइएको छ ।

केन्द्रीय समितिमा किमले आफ्ना विशेष मानिसहरूलाई ठाउँ दिन्छन् र पार्टीका ठूला फैसलाहरू पनि यिनै व्यक्तिहरूले लिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्