
भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा इन्स्टाग्राम रिल बनाउन अपहरणको नाटक गरेको भिडियो बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले बनाएको भिडियो भाइरल भएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यम अमर ऊजालाले जनाएको छ ।
भाइरल फुटेजमा मोटरसाइकलमा आएका दुईजना पुरुष सडक किनार नजिक पुगेका थिए, जहाँ एउटा व्यक्ति चाट खाइरहेका थिए । सवारहरूमध्ये एउटाले तल झारेर नाटकीय रूपमा पीडितको अनुहार कपडाले छोप्छन् । उनलाई बेहोस् बनाएको नाटक गरेको भिडियोमा देखिन्छ ।
यसपछि उनीहरूले अचेत बालकलाई आफ्नो बाइकमा चढाएर भाग्न खोज्दा दर्शकहरू अचम्ममा परेका थिए । त्यहाँ उपस्थित मानिसहरू केही बेर के हुँदैछ भनेर सोचिरहेका थिए । तर, स्थानीयले रोकेपछि समूह समस्यामा परेको थियो ।
स्थानीयले सोधपुछ गर्दा उनीहरूले क्यामेरा देखाउँदै यो सबै इन्स्टाग्राम रिलको लागि गरिएको बताएका थिए ।
समूहले भिडियो सम्पादन गरी अनलाइनमा सेयर पनि गरेको थियो तर, भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । अनुसन्धानपछि उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूमाथि कानूनी कारबाही अगाडि बढाउने भारतीय प्रहरीले जनाएको छ ।