३० जेठ २०८३, शनिबार

नेपालमा पहिलोपटक एआई सम्मेलन, जीवनलाई सहज बनाउन उपयोगी हुने विश्वास [भिडियोसहित]

कात्तिक ११, २०८१
काठमाडौं
नेपालमा पहिलोपटक एआई सम्मेलन, जीवनलाई सहज बनाउन उपयोगी हुने विश्वास [भिडियोसहित]

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन शुरू भएको छ ।

सोमबारसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका हुन् ।

सम्मेलनको उद्‌घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए ।​​

विज्ञसँगको संवादमा सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनको उद्देश्य ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने रहेको सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

उनले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्