१० असार २०८३, बुधबार
घटेन सास्ती

तिहारमा बीपी राजमार्गबाट यात्रा गर्दै हुनुहुन्छ भने हेर्नुहोस् सडकको अवस्था [ड्रोन भिडियो]

कात्तिक १४, २०८१
सिन्धुली
तिहारमा बीपी राजमार्गबाट यात्रा गर्दै हुनुहुन्छ भने हेर्नुहोस् सडकको अवस्था [ड्रोन भिडियो]

पूर्वी नेपाललाई राजधानी काठमाडौं उपत्यकासँग जोड्ने छोटो र चालु बाटोको रूपमा रहेको बीपी राजमार्ग असोज ११ र १२ गतेको बाढी तथा पहिरोले क्षतविक्षत् बन्न पुग्यो ।

दशैंको मुखमा राजमार्गको कतिपय खण्ड बाढीले बगाएपछि यात्रुहरूले भोग्नु सास्ती भोगे । असोज २४ गतेपछि सडक एकतर्फी सञ्चालनमा आयो ।

बगाएको सडक खण्डमा नयाँ ट्र्याक खोलिएपछि बीपी राजमार्गमा अहिले सवारी साधनको चाप देखिएको छ । काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक धेरै ठाउँमा बिग्रिएको छ । 

null

काठमाडौं-दोलखा चल्ने बसका चालक नवराज राउतले सुख्खा पहिरो झर्ने क्रम नरोकिएकाले जोखिम र लामो जाम हुने गरेको बताए । बगरमा सडकको ट्र्याक खोलिएका कारण यात्रा सहज हुन सकेको छैन ।

फिल्डमा भेटिएका सडक डिभिजन भक्तपुरका सुपरभाइजर चन्द्रबहादुर लामाले रातिको समयमा यात्रा गर्न उचित नरहेको बताए । 

बगाएको ठाउँमा कच्ची सडक बनाइएकाले धूलो उडेर सास्ती व्यहोर्नुपरेको मोटरसाइकलमा यात्रा गर्नेले गुनासो गरे । बिग्रिएको राजमार्ग पुनर्निर्माणको काम छिटो शुरू गर्न यात्रुहरूको माग छ ।

भिडियोमा हेर्नुहोस्, बाढीले क्षति पुर्‍याएको एक महिनापछि बीपी राजमार्गको अवस्थाः

salt training

कमेन्ट गर्नुहोस्