२९ जेठ २०८३, शुक्रबार

कथाकार शिव जैशीको ‘घटको रैबार’ विमोचित

कात्तिक १९, २०८१
काठमाडौं
कथाकार शिव जैशीको ‘घटको रैबार’ विमोचित

कथाकार शिवप्रसाद जैशीको कथासङ्ग्रह ‘घटको रैबार’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’ले एक समारोहबीच कथासङ्ग्रहको लोकार्पण गरेका हुन् । 

सङ्ग्रह लोकार्पण गर्दै प्राडा श्रेष्ठले यसभित्र मौलिक खालका कथा आफूले पाएको बताए । कथाकार जैशीको लेखनमा आफ्नै शिल्प र नवीनता रहेको उनले बताए । कथासङ्ग्रहमा अछामको परम्परा, भाषा, संस्कृति र परिवेशलाई सुन्दर ढङ्गले अभिव्यक्त गरिएको श्रेष्ठको भनाइ थियो । 

कार्यक्रममा कथाकार जैशीले बाल्यकालदेखिका आफ्ना भोगाइ, अनुभव र अनुभूतिबाट कथा लेख्न प्रेरणा मिलेको बताए । 

null

भुँडीपुराण प्रकाशनका प्रबन्धक केशव पराजुलीले लेखकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । 

समारोहमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री शङ्कर कोइराला, अछामका सांसद शेरबहादुर कुँवर, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्य तथा स्रष्टा नरनाथ लुइँटेल, कवि तथा साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रल्हाद पोखरेल र गजलकार पूर्ण रावललगायतको उपस्थिति थियो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, भुँडीपुराण प्रकाशन र नेपाल कमर्श क्याम्पस भूतपूर्व एल्मुनाई एसोसियसनको आयोजनामा भएको लोकार्पण समारोहको अध्यक्षता नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङ्दीछिरिङ शेर्पाले गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्