०७ असार २०८३, आइतबार

झिनो अंकले घट्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

कात्तिक २१, २०८१
काठमाडौं
झिनो अंकले घट्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले घटेर बन्द भएको छ ।

बुधबार नेप्से परिसूचक १.८८ अङ्कले घटेर २६७५.५१ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड १६ लाख ८६९ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मङ्गलबार मात्रै ०.२१ अङ्कले घटेर २६७७.४० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा ९७ लाख १३ हजार ७३० कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँको कारोबार भएको थियो ।

आजको कारोबारमा नारायणी डेभलपमेन्ट बिकास बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यसको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

बुधबार कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्