
एनआईसी एसिया बैंकका ग्राहकलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारीपश्चात बैंकका ग्राहकहरूले अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित उक्त दुई लजहरूबाट विभिन्न सेवा तथा सुविधा लिँदा विशेष छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।
समझदारी अनुसार उक्त लजहरूमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
उक्त लजहरूसँगको सहकार्यले ग्राहकहरूलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।