११ साउन २०८३, सोमबार

११ प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना

साउन ११, २०८३
काठमाडौं
११ प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना

 प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।

सोमबार प्रकाशित सूचना अनुसार, विभिन्न दर्जाका यी कर्मचारीहरू बिना सूचना कार्यक्षेत्रमा अनुपस्थित रहेका र घरमै खोजी गर्दा समेत फेला नपरेपछि अन्तिम पटक स्पष्टीकरण पेश गर्ने मौका दिइएको हो। प्रहरी महानिरीक्षकको सचिवालयले बाटोको म्याद बाहेक सात दिनभित्र सन्तोषजनक जवाफसहित हाजिर हुन निर्देशन दिएको छ।

तोकिएको समयभित्र हाजिर नभएमा 'प्रहरी नियमावली २०७१' बमोजिम उनीहरूलाई सेवाबाट हटाउने (डिस्मिस गर्ने) चेतावनी प्रधान कार्यालयले दिएको छ। गैरहाजिर हुनेहरूमा काठमाडौं, सुर्खेत, ओखलढुङ्गा, धनुषा, चितवन लगायतका क्षेत्रमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) देखि कार्यालय सहयोगीसम्म रहेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्