
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६२ अङ्कले बढेको छ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ६२.५४ अङ्कले बढेर २७३८.०६ को बिन्दुमा कायम भएको हो ।
आइतबार बजारमा २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रूपैयाँको कारोबार भएको छ ।
यसअघि गत बुधबार नेप्से परिसूचक १.८८ अङ्कले घटेर २६७५.५१ को बिन्दुमा बन्द भएको थियो । यसदिन बजारमा १ करोड १६ लाख ८६९ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रूपैयाँको कारोबार भएको थियो ।
आइतबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
आइतबार गुराँस लघुवित्त वित्तीय संस्था, सृजर्नशील लघुवित्त वित्तीय संस्था र सुपर म्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी सबै कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा ३८ करोड ४ लाख ३७ हजार रूपैयाँको कारोबारसहित सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रह्यो।