२९ जेठ २०८३, शुक्रबार

निखिल आडवाणीले सम्झिए इरफान खान, मनोज बाजपेयी र अनुराग कश्यपसँगका रोचक चिया किस्सा

मंसिर १, २०८१
काठमाडौं
निखिल आडवाणीले सम्झिए इरफान खान, मनोज बाजपेयी र अनुराग कश्यपसँगका रोचक चिया किस्सा

निर्देशक निखिल आडवाणीले दिवंगत इरफान खान, मनोज बाजपेयी र अनुराग कश्यपसँग बिताएका अविस्मरणीय पलको सम्झना गर्दै चियासँग जोडिएका रोचक किस्सा सम्झिएका छन् । 'साइरस सेज' नामक पोडकास्टमा साइरस ब्रोचासँगको कुराकानीमा निखिलले बताए कि उनीहरू प्रायः सँगै घुम्थे र घण्टौंसम्म गफ गर्दै बिताउँथे।

'हामी सबै, मनोज, इरफान, अनुराग र म, त्यो समय सँगै समय बिताउँथ्यौँ। सबैको आर्थिक अवस्था खासै राम्रो थिएन', निखिलले भने, हामीले एउटा नियम बनाएका थियौं, 'रक्सी पिउनु परेमा आफ्नो बोतल आफैं ल्याउनुपर्थ्यो। हामी एक छतमा भेला भएर दुई-तीन दिनसम्म लगातार गफ गर्थ्यौं। हाम्रो एउटा प्रमुख बहसको विषय बनारस, कानपुर र बरेलीको चियाको स्वादबारे हुन्थ्यो। म दक्षिण मुम्बईको केटो भएकाले यसबारे अनभिज्ञ थिएँ, तर उनीहरू यसको बारेमा निकै भावुक भएर शुद्ध हिन्दीमा चर्चा गर्थे।"

निखिलले फिल्म निर्माता करण जौहरसँगको रमाइलो किस्सालाई पनि सम्झिए। उनका अनुसार उनी र करण छिमेकी थिए । र, मौका पाउनासाथ करणलाई जिस्काउने गर्थे।

फिल्म निर्देशनको क्षेत्रमा निखिल आडवाणी 'बाटला हाउस', 'दिल्ली सफारी', 'सलाम-ए-इश्क', 'पटियाला हाउस', र 'चाँदनी चौक टु चाइना' जस्ता चर्चित फिल्मका लागि परिचित छन्।

उनको नयाँ प्रोजेक्ट 'फ्रिडम एट मिडनाइट', डोमिनिक लापियर र लैरी कोलिन्सद्वारा लिखित प्रतिष्ठित पुस्तकमा आधारित छ। निखिलद्वारा निर्मित र निर्देशित यस सिरिजमा सिद्धान्त गुप्ता, चिराग वोरा र राजेन्द्र चावला मुख्य भूमिकामा छन्। उक्त सिरिजको प्रिमियर शुक्रबार सोनी लिभमा भएको छ।

यस सिरिजले भारतको स्वतन्त्रता संग्रामका महत्त्वपूर्ण घटनाहरूलाई रोचक तरिकाले प्रस्तुत गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्