२४ जेठ २०८३, आइतबार

अनुपमा सिरियलको सेटमा लाइटम्यानको मृत्यु, निर्माण टिमले खुलाएन पहिचान

मंसिर १, २०८१
काठमाडौं
अनुपमा सिरियलको सेटमा लाइटम्यानको मृत्यु, निर्माण टिमले खुलाएन पहिचान

नेपालमा पनि लोकप्रिय भारतीय टेलिसिरियल 'अनुपमा' टीआरपी र कथा कारण चर्चामा रहन्छ। तर, यसपटक यो टीभी शो एउटा ठूलो दुर्घटनाका कारण चर्चामा आएको छ। 

रुपाली गांगुली अभिनित यो सिरियलको सेटमा एक क्रू सदस्यको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेपछि तुरुन्तै उनलाई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो दुर्घटना त्यतिबेला भएको थियो, जतिबेला क्रू सदस्यले केही प्राविधिक उपकरण मिलाउँदै थिए। उपकरण मिलाउने क्रममा उनले गल्तीबस् बिजुलीको तार छुन पुगेका थिए। त्यसपछि उनलाई करेन्ट लागेको थियो ।

यसरी करेन्ट लागेर निधन हुने लाइटम्यानको पहिचान सिरियल निर्माण टिमले अहिलेसम्म गोप्य राखेको छ । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । फेडरेशनका अध्यक्ष बीएन तिवारीले घटना बिहीबार राति ९:३० बजेतिरको रहेको बताएका छन् ।  

'एक लाइटम्यानको सर्ट सर्किटका कारण मृत्यु भएको हो। हामीले यो घटनाको विस्तृत रूपमा बुझ्ने प्रयास गरिरहेका छौं। अहिलेसम्म हामीलाई ती लाइटम्यानको नामसमेत थाहा दिइएको छैन। प्रोडक्शन टिमले यस विषयलाई किन लुकाउन खोजिरहेको छ, यसको कारण पत्ता लगाइँदैछ', उनले भने। 

हालसम्म, राजन शाहीको प्रोडक्शन टिम 'डायरेक्टर कट प्रोडक्शन'ले यस घटनाबारे कुनै आधिकारिक बयान दिएको छैन। 

टीआरपी लिस्टमा पछाडि पर्‍यो शो
यसपटक 'अनुपमा' टीआरपी लिस्टमा समेत दोस्रो स्थानमा झरेको छ। लामो समयदेखि टपमा रहेको यो शो यसपटक २.२ टीआरपीका साथ पछाडि परेको छ। 'ये रिश्ता क्या कहलाता है' टीआरपी लिस्टमा शीर्ष स्थानमा रहेको छ।

सौतेनी छोरीसँग रुपाली गांगुलीको विवाद

'अनुपमा'की मुख्य अभिनेत्री रुपाली गांगुली अहिले आफ्नो सौतेनी छोरी ईशा वर्मालाई लिएर विवादमा मुछिएकी छिन्। केही दिनअघि ईशाले सामाजिक सञ्जालमा एक पोस्ट श्यर गर्दै गांगुलीथि उनकी आमाको गहना चोरी गरेको र आमाबाबुको विवाह तोडेको आरोप लगाएकी थिइन्। 

यस घटनामा 'अनुपमा' शोका निर्माता राजन शाहीले रुपाली गांगुलीलाई समर्थन गरेका छन्। निर्माताले एक पोस्टमार्फत रुपालीको पक्षमा समर्थन जनाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्