१६ असार २०८३, मंगलबार

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु

मंसिर ६, २०८१
काठमाडौं
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु
फाइल तस्वीर ।

पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । ​

शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ । 

'दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्', स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले भने । 

उनले प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुनेमा छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको बताए । 

दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ । 

सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। 

पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्षेनी सयौं व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्