०२ असार २०८३, मंगलबार

नेपाल टेलिकमको रिचार्ज गर्दा बोनस पाइने

मंसिर १९, २०८१
काठमाडौं
नेपाल टेलिकमको रिचार्ज गर्दा बोनस पाइने

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा भ्वाइस तथा डेटा बोनस पाइने भएको छ । मंगलबारदेखि शुरू भएको यो सुविधा आउँदो पुस १७ गतेसम्म जारी रहने छ । 

टेलिकमले रिचार्ज कार्डको अलवा विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार ५० देखि ९९ रूपैयाँ रिचार्ज गर्दा ३ दिनका लागि आफ्नो नेटवर्कभित्र २० मिनेटको भ्वाइस कल बोनस पाइनेछ । 

यस्तै, १०० देखि १९९ रूपैयाँ रिचार्ज गर्दा ३ दिनका लागि ५० मिनेट, २०० देखि ४९९ रूपैयाँ रिचार्ज गर्दा एक दिनमा १ जीबी खर्च गर्नेगरी २ दिनका लागि २ जीबी डेटा र ५०० रूपैयाँभन्दा माथि रिचार्ज गर्दा एक दिनमा २ जीबी खर्च गर्न पाउनेगरी ४ दिनका लागि ८ जीबी डेटा उपलब्ध हुने प्रवक्ता ढकालले बताए । 

यसका साथै सहज तवरले अविछिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले स्टार्ट (Start) टाइप गरी १४७७ मा मेसेज पठाएर अथवा *१४७७# डायल गरी १ छनौट गरेर सापटी लिन सक्ने टेलिकमका प्रवक्ता ढकालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्