२५ असार २०८३, बिहीबार

पेप्सी–कोलाका उत्पादनमा कम्बो अफर

मंसिर २४, २०८१
काठमाडौं
पेप्सी–कोलाका उत्पादनमा कम्बो अफर

नेपालमा सफ्ट ड्रिङसहरूको सबैभन्दा ठूलो उत्पादक बरुण बेभरेज नेपालले आफ्ना उत्पादनहरूमा भारी छुटको क्याम्पेन सञ्चालन गरिरहेको छ ।​

दशैं-तिहार लगायत चाडपर्व अफर समाप्त भएलगत्तै पेप्सी–कोलाको प्रमुख फ्रेन्चाइज बरुण बेभरेजले आफ्ना सबै उत्पादनहरूमा भारी छुटको क्याम्पेन सञ्चालनमा ल्याएको हो ।

नेपाली बजारमा चर्चित चिसो पेय पदार्थ पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, सेबन अप लगायत सम्पूर्ण ४०० मिलि प्याक मात्र ५० रुपैयाँमा उपलब्ध गराइरहेको छ ।  

नेपाली बजारमा चर्चित चिसो पेय पदार्थहरूको उत्पादक पेप्सी–कोलाले पेप्सी, मिरिन्डा, सेभेन अप, माउण्टेन ड्यू, स्लाइस, स्टिङ इनर्जी ड्रिंक, एभरभेस सोडा आदि उत्पादन गर्दै आएको छ ।

यी सबै उत्पादनहरूमा कम्पनीले ४०० मिलि प्याक मात्रै ५० रुपैयाँमा उपलब्ध गराइरहेको छ । 

यो अफर नेपालभर लागु गरिएको छ । नेपालका जुनसुकै डिलर तथा खुद्रा पसलबाट पेप्सी–कोलाको यो अफरमा खरिद गर्न सकिन्छ ।

पेप्सी–कोलाको नेपालस्थित बिक्रेता बरुण बेभरेजले सफ्ट ड्रिङक्सको करिब ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । विश्वबजारमा जस्तै नेपाली उपभोक्ताको रोजाइमा पेप्सी–कोला पर्दै आएको छ ।

आजभन्दा १२६ वर्षअघि सन् १८९८ अगस्त महिनामा ‘कालेब ब्राडहम’ पेप्सी–कोला बनाएका थिए ।

यतिबेला अमेरिकी राष्ट्रहरू लगायत युरोपेली राष्ट्रहरूमा फास्ट फूड र पेय पदार्थको क्रेज क्रमशः बढ्दो थियो ।

बजारमा मानिसहरूले फास्ट फूड अथवा कुनै पनि खानेकुरा आएपछि पेय पदार्थ नै खोज्ने गर्दथे ।​

कालेब ब्राडहमले सबैले खोजिरहेको पेय पदार्थ बनाउने निर्णय गर्छन् । उनले शुरूमा मीठो र भिन्न स्वाद भएको कुनै नाम नभएको पेय पदार्थ बनाउँछन् । त्यसपछि एउटा स्वादको कोला अर्थात् पेय पदार्थलाई बजारको प्रतिक्रिया लिनका लागि ल्याउँछन् ।

त्यसपछि पेप्सी–कोलाले स्थान बनाउन शुरू गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्