२० असार २०८३, शनिबार

लामो प्रतीक्षापछि ओटीटीमा आयो ‘तंगलान’, कहाँ हेर्न सकिन्छ ?

मंसिर २५, २०८१
काठमाडौं
लामो प्रतीक्षापछि ओटीटीमा आयो ‘तंगलान’, कहाँ हेर्न सकिन्छ ?

दक्षिण भारतीय फिल्म ‘तंगलान’ लामो प्रतीक्षापछि ओटीटी प्लेटफर्ममा आएको छ । एक्सन, एड्भेन्चर र ड्रामा जनराको यो फिल्ममा विक्रम, पार्वती तिरुवोथु, मालविका मोहनन, ड्यानियल कैल्टागिरोन, आनन्दसामी लगायतको अभिनय छ ।

‘तंगलान’ यस वर्षको स्वतन्त्रता दिवसको अवसरमा प्रदर्शन भएको थियो। व्यापारिक रूपमा बक्स अफिसमा अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि यो फिल्मले दर्शकहरूको मनमा गहिरो छाप छोडेको थियो। 

एक्शन र साहसिकताले भरिएको यो फिल्मलाई ओटीटीमा हेर्ने दर्शकहरूको प्रतीक्षा लामो समयदेखि थियो। अब यो फिल्म डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ। भारतको कर्नाटकस्थित खानी मजदुरको सत्य घटनामा फिल्म आधारित रहेको बताइएको छ । 

‘तंगलान’को डिजिटल रिलिज अन्य फिल्महरूको तुलनामा कम चर्चासहित गरिएको छ। यो फिल्म नेटफ्लिक्समा तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषामा उपलब्ध भएको छ।

यो फिल्म नेपालमा गत भदौ १४ गते रिलिज भएको थियो । 

ओटीटीमा रिलिजमा ढिलाइको कारण धेरै प्रकारका अड्कलबाजी गरिएका थिए। सामान्यतया फिल्महरू थिएटर रिलिजपछि चार हप्ताभित्र ओटीटीमा उपलब्ध हुन्छन्, तर ‘तंगलान’ को हकमा यस्तो भएन।

‘तंगलान’लाई बक्स अफिसमा दर्शकहरूको मिश्रित प्रतिक्रिया प्राप्त भएको थियो। फिल्मले करिब ७२ करोड भारतीय रूपैयाँको कमाइ गरेको थियो, जुन अपेक्षा अनुसार कमजोर मानिएको छ। 

फिल्मसँग जोडिएका विवाद
फिल्मलाई लिएर विभिन्न विवाद पनि देखिएका थिए। यो फिल्ममाथि वैष्णव समुदायलाई निशाना बनाएको आरोप लगाउँदै सार्वजनिक चासो याचिका (पीआईएल) दायर गरिएको थियो। 

मद्रास उच्च अदालतले शुरूमा फिल्मको ओटीटी रिलिजमा रोक लगाएको थियो, जसले रिलिजलाई झन् ढिलाइ गरायो। यद्यपि, पछि अदालतले याचिका खारेज गर्दै प्रतिबन्ध हटाउने आदेश दिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्